
काठमाडौं, असोज २३ । अमेरिकी राष्ट्रपति निर्वाचनमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले आफू कुनैपनि हालतमा चुनावी मैदानबाट नहट्ने अडान लिएका छन् ।
अमेरिकाको चर्चित पत्रिका ‘वाल स्ट्रिट जर्नल’सँगको कुराकानीमा ट्रम्पले आफूलाई चुनावी मैदान छोड्न आफनै पार्टीका केही नेताहरुले बताएपनि यो सम्भव नरहेको प्रतिक्रिया दिएका हुन् ।
महिलाकाबारेमा ट्रम्पले गरेको अश्लील टिप्पणीप्रति उनकै पार्टीबाट व्यापक विरोध भएको छ ।
केही दिनअघि एक भिडियोमा ट्रम्पले महिलालाई अपमान गरेको दृश्य सार्वजनिक गरिएको थियो । सो घटनाप्रति ट्रम्पले माफी मागेपनि सर्वत्र आलोचना भएको छ ।
सन् २००५ को भिडियोमा ट्रम्पले ‘चर्चित व्यक्ति भएमा महिलासँग जे गर्न पनिसक्ने’ बताएका थिए ।
महिलाको अपमान गरेको यस्तै अर्को भिडियो पनि सार्वजनिक गरिएको छ । ट्रम्पले माफी मागेपनि उनको चुनावी अभियानमा भने असर परेको विश्लेषकले बताएका छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्