
काठमाडौं, असोज २२ । क्यारेबियन राष्ट्र हैटीमा ‘म्याथ्यु’ आँधीका कारण ज्यान गुमाउनेको संख्या ८ सय नाघेको छ ।
अमेरिकातर्फ गएको म्याथ्यु आँधीले हैटीमा ठूलो मात्रामा मानवीय तथा भौतिक क्षति गरेको हो ।
संयुक्त राष्ट्रसंघले हैटीमा आँधीले गरेको क्षतिको यकिन विवरण आउन समय लाग्नसक्ने जनाएको छ ।
यसअघि, चार सयको मृत्यु भएको भनिएकोमा ज्यान गुमाउनेको संख्या एकैचोटी दोब्बर भएको हो । आँधीका कारण हैटीको दक्षिणी क्षेत्रमा बढी प्रभाव परेको छ । प्रभावित क्षेत्रमा उद्धार तथा राहतको काम भइरहेको छ ।
बढी प्रभावित भएका केही सहरमा हवाई तथा जलमार्गबाटमात्र पुग्न सकिने विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)ले जनाएको छ ।
ज्यान गुमाउनेमा दक्षिण–पश्चिमी तटीय क्षेत्रका बासिन्दा रहेको हैटी सरकारले जनाएको छ ।
क्यारेबियन राष्ट्र हैटीमा विनाश लीला मच्चाउँदै यो आँधी अमेरिकाको फ्लोरिडा प्रवेश गरेको छ । जहाँ लाखौं मानिस प्रभावित बनेका छन् ।
हैटी र क्युवापछि मैथ्यु आँधी फ्लोरिडा पुगेको हो । आँधीका कारण फ्लोरिडामा संकटकाल घोषणा गरिएको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्