१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025


पाकिस्तानले अमेरिकालाई दियो यस्तो चेतावनी !


0
Shares

                                               फाइल फोटो

काठमाडौं, असोज २१ । अमेरिकाले आफ्ना कुरा नसुने आफूहरु रुस र चीनतर्फ लाग्ने चेतावनी पाकिस्तानले दिएको छ ।

अमेरिकाका लागि पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफका विशेषदूत मुसाहिद हुसैन सैयदले कस्मिर मामलामा अमेरिकाले आफ्ना कुरा नसुने आफूहरु पनि अलग बाटो लाग्ने चेतावनी दिएका हुन् ।

‘अमेरिका अब विश्वको एक्लो शक्ति नरहेको’ प्रस्ट गर्दै सैयदले अमेरिका विस्तारै कमजोर बन्दै गएको विश्लेषण पनि सुनाए ।

वासिंगटनमा विहीबार अटलान्टिक काउन्सिलमा गरिएको कार्यक्रमका सिलसिलामा सैयदले पाकिस्तानलाई हतियार बेच्न रुस तयार भएको र चीनसँग निकट मित्रता रहेको बताए ।

अफगानिस्तानमा शान्ति–बहाली गर्न पाकिस्तानको सहयोग अत्यावश्यक पर्नेतर्फ पनि उनले ओबामा प्रशासनको ध्यानाकर्षण गराए ।

कस्मिर मुद्दाको समाधान नखोज्दासम्म अफगानिस्तानमा शान्ति–बहाल गर्न गाह्रोपर्ने उनको भनाइ थियो । (एजेन्सी)