
काठमाडौं, असोज २१ । यो वर्षको नोबेल शान्ति पुरस्कार कोलम्बियाका राष्ट्रपति हुआन म्यानुअल सान्तोसलाई प्रदान गरिने भएको छ ।
५२ वर्ष लामो गृहयुद्ध अन्त्य गर्न सफल भएको भन्दै नोबेल कमिटीले शुक्रबार सान्तोसलाई शान्ति पुरस्कार दिने निर्णय गरेको हो ।
सान्तोसले गत हप्ता कम्युनिष्ट विद्रोही समूह फार्कसँग शान्ति–सम्झौता गरेका छन् । तर, त्यसलगत्तै भएको जनमतसंग्रहले उक्त शान्ति–सम्झौतालाई भने अस्वीकृत गरिसकेको छ ।
फार्क विद्रोही समूहले चलाएको आधाशताब्दीभन्दा लामो सशस्त्र विद्रोहकाक्रममा २ लाख ६० मानिस मारिएका छन् भने ६० लाख विस्थापित भएका छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्