
नेपालगन्ज, असोज २० । बाँके जिल्ला कम्दी गाविस–९ छत्रहवाकी शान्ति बुढाको हत्या गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक टेकप्रसाद राईकाअनुसार औषधि किन्न बुधबार ४ बजे घरबाट बाहिर गएकी ती महिलाको बलात्कारपछि हत्या गरिएको आशंका गरिएको छ ।
दुई छोरीकी आमा २५ वर्षीया बुढाको शव वस्त्रविहीन अवस्थामा विहीबार फेलापरेकाले उनको बलात्कार गरिएको हुनसक्ने आशंका गरिएको हो ।
मृतकको घरदेखि २०० मिटर पर रहर बारीमा शव देखेपछि गाउँलेले बिहान १० बजे प्रहरीलाई खबर गरेका थिए ।
हत्यामा संलग्न भएको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरी अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्