१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025


जम्मु-कस्मिरको हन्दवाडामा सेना र विद्रोही बीच गोली हानाहान


0
Shares

काठमाडौं, असोज २० । भारत प्रशासित जम्मु–कस्मिरको हन्दवाडास्थित सेनाको क्याम्पमा विद्रोहीले आक्रमण गरेका छन् ।

विद्रोहीको आक्रमणलगत्तै दुवै पक्षबीच गोली हानाहान भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

बिहान ५ बजेदेखि केही समय गोली हानाहान भएको र त्यसपछि विद्रोही भागेको बताइएको छ । भारतीय सेनाले विद्रोहीको खोजी गरिरहेको छ ।

पछिल्लो समय कास्मिरको आर्मी क्याम्पमा भएको यो तेस्रो आक्रमण हो । तीन दिनअघि विद्रोहीले बारामुल्लाहमा रहेको बीएसएफको क्याम्पमा आक्रमण गरेका थिए ।

यस्तै गत सेप्टेम्बर १८ मा उरीममा रहेको आर्मी क्याम्पमा विद्रोहीले आक्रमण गरेका थिए ।

त्यस बेला १९ जना सैनिकको ज्यान गएको थियो । कास्मिरको विषयलाई लिएर भारत र पाकिस्तानबीच तनाव बढ्दै गएको छ । (एजेन्सी)