१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025


पोर्चुगलका पूर्वप्रधानमन्त्री राष्ट्र संघको नयाँ महासचिव बन्ने


0
Shares

काठमाडौं, असोज २० । पोर्चुगलका पूर्वप्रधानमन्त्री एन्टोनियो गुटेरेस संयुक्त राष्ट्र संघको नयाँ महासचिव बन्ने लगभग निश्चित भएको छ ।

१० वर्षसम्म राष्ट्र संघीय शरणार्थी नियोगको नेतृत्व सम्हालेका ६६ वर्षीय गुटेरेसले आगामी वर्षको सुरुमा राष्ट्र संघका वर्तमान महासचिव बान कि मुनको ठाउँ लिनेछन् ।

राष्ट्र संघको नयाँ महासचिवका लागि बुधबार सुरक्षा परिषद्का १५ सदस्यले १० उम्मेदवारका लागि गोप्य मतदान गरेका थिए । यसमा कसैले पनि गुटेरेसको विरोध गरेका छैनन् ।

सुरक्षा परिषद्का १५ सदस्यमध्ये १३ ले गुटेरेसको पक्षमा तथा दुई सदस्यले नो–ओपेनियनमा मत दिएका छन्ु । यसको अर्थ सुरक्षा परिषद्मा कोही पनि गुटेरेसको विपक्षमा छैनन् ।

संयुक्त राष्ट्र संघका लागि रुसी राजदूत विटाली चरकनले गुटेरेस महासचिव बन्ने लगभग निश्चित भएको बताएका हुन् ।

गुटेरेसले युरोपियन कमिस्नर बुल्गेरियाकी क्रिस्टलिना जोर्जिवासहित ९ प्रत्यासीलाई पछि पारका हुन् ।

गुटेरेस नयाँ महासचिव बन्ने लगभग निश्चित भएसँगै राष्ट्र संघले पहिलो महिला महासचिव पाउने सम्भावना पनि टरेको छ ।

दुई कार्यकाल राष्ट्रसंघको नेतृत्व गरेका बान कि मुनको कार्यकाल आगामी जनवरीमा सकिँदैछ । सुरक्षा परिषद्मा उम्मेदवारको नाम पुष्टि गर्न आज औपचारिक मतदान हुने छ ।

मतदानबाट चुनिएका उम्मेदवारको नाम राष्ट्रसंघको महासभामा पठाइने छ । महासभाले नै नयाँ महासचिव नियुक्त गर्ने प्रावधान छ ।(एजेन्सी)