
काठमाडौ, असोज १९ । ‘रातेकाईलो’ को उपनामले चर्चित कलकार सुनिल थापा नेपाली चलचित्रका चर्चित खलपात्र हुन् ।
चलचित्रको पर्दामा मात्र भिलेन देखिने थापा यसपटक म्युजिक भिडियोमा पनि नेगेटिभ अभिनयमा देखिएका छन् ।
एक दशकभन्दा लामो समय देखि गायनमा संघर्षरत गायक जीवन कलाप्रेमीको स्वर रहेको ‘मनमा छ देउता..’ बोलको गीतमाथि बनेको म्युजिक भिडियोमा उनी खलअभिनयमा देखिएका हुन् ।
कलाकार थापाले आफूले राम्रो टिमसँग म्युजिक भिडियो खेल्न पाएकाले खुसी व्यक्त गरेका छन् ।
बलिउड चलचित्र अभिनयको सेड्युल हुँदाहुँदै पनि म्युजिक भिडियो सार्वजनिककै लागि आफू मुम्बईबाट नेपाल आएको उनले बताएका छन् ।
भिडियोमा थापाको अलावा, विवेकसिंह ठकुरी, रोशनलगायतको अभिनय छ । ज्ञानेन्द्र शर्माले छायाँकन, प्रविन श्रेष्ठको सम्पादन रहकोे भिडियो चर्चित निर्देशक सुरज श्रेष्ठले निर्देशन गरेका हुन् ।
अहिलेसम्म निर्माण भएका म्युजिक भिडियोभन्दा भिन्न थिम उठाइएको भिडियोमा सुनिल थापाको अभिनय तारिफयोग्य छ ।
प्रतिक्रिया दिनुहोस्