८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


सभामुखका कारण एक महिनामै ५६ लाख रुपैयाँ जोगियो


0
Shares

काठमाडौं, असोज १९ । खर्च कटौती गरिएपछि व्यवस्थापिका–संसदले एक महिनामा ५६ लाख रुपैयाँ जोगाएको छ ।

संसदका समितिहरुमा मात्रै मासिक ५५ लाखले खर्च घटेको छ । समिति, संसदीय दल र सचिवालयको खर्च कटौतीलाई हेर्ने हो भने भदौ महिनामामात्रै ५६ लाख ३७ हजार ९ सय ९० रुपैयाँ घटेको संसद सचिवालयले जानकारी दिएको छ ।

समितिहरु, संसदीय दल र सचिवालयको २०७२ भदौमा ६४ लाख ४ सय ७३ रुपैयाँ खर्च भएको थियो । तर, गत भदौमा ७ लाख ६२ हजार ४ सय ८३ रुपैयाँमात्रै खर्च भएको छ ।

सभामुख ओनसरी घर्ती मगरले गत भदौदेखि लागू हुनेगरी संसदका समितिहरु, संसदीय दल तथा संसद सचिवालयमा व्यापक रुपमा खर्च कटौती गर्न निर्देशन दिएकी थिइन् ।

सभामुखको निर्देशनमा अहिले समितिका बैठकमा कालोचिया वा कालो कफीका लागि मात्र सचिवालयबाट खर्च गर्ने गरिएको छ । संसदमा भएका कृयाकलापहरुमा सचिवालयबाट चिया, खाजा र खाना खुवाउने कार्यलाई पूर्ण रुपमा निषेध गरिएको छ । –राजधानी दैनिकबाट