
काठमाडौं, असोज १८ । संगीतकारबाट आफ्नो परिचय स्थापित गरेका संगीतकार दीपक शर्माले गायनमा डेब्यू गरेका छन् ।
नेपाली सांगीतिक क्षेत्रमा करिब ७ सय गीतमा संगीत भरिसकेका संगीतकार शर्माले ‘हे बरै’ बोलको लोक शैलीको गीतमा आफ्नै शब्द संगीत र एरेन्ज मार्फत बजारमा आएका छन् ।
निर्देशक वसन्त सापकोटाले निर्देशन गरेको भिडियोमा यस गीतका गायक दीपकले नै अभिनय गरेका छन् । अभिनयमा दीपकलाई भद्रगोलकी कलाकार रक्षा श्रेष्ठले साथ दिएकी छिन् ।
वैँशालु उमेरमा एउटा युवकले होरे होरेमा युवतीलाई मन पराउने र उसकै एकतर्फी मायामा डुब्ने र पछि वास्तविक जीवनमा आँफुले रोजेकी प्रेमीका पाएको रोचक कथालाई भिडियोले उतारेको छ ।
भिडियोमा अनिल मानन्धरको छायांकन, टेकेन्द्र शाहको सम्पादन रहेको छ । छक्का पञ्जा, हवल्दार सुन्तली, किस्मत २ लगायतका चलचित्रमा संगीत भरेर चर्चामा आएका संगीतकार दीपकले यो गीतले आफ्नो जीवनमा विशेष अर्थ राख्ने बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्