८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


भारतीय समूहले पशुधन चोरी–डकैती गर्न थालेपछि गोठमै ओछ्यान


0
Shares

काठमाडौं, असोज १८ । दशै सुरु भएसँगै पूर्वी नेपालका सीमावर्ती गाविसमा असुरक्षा बढेको छ ।

भारतीय सीमाना जोडिएका गाविसहरुमा चोरी, डकैती र तस्करीका घटना बढ्न थालेपछि स्थानीय बासिन्दा असुरक्षित महसुस गर्न गालेका हुन् ।

सीमा क्षेत्र सुरक्षाको जिम्मा लिएको सशस्त्र प्रहरीले समेत नियमित गस्ती गर्न छाडेपछि भारतीय सिमाना जोडिएका गाविसमा शान्ति सुरक्षा कमजोर बनेको स्थानीय बासिन्दाले बताए ।

पूर्वका सुनसरी, मोरङ, झापा, सप्तरी र सिराहाका सीमावर्ती गाविस निरिक्षण गर्न गएको राष्ट्रिय मानवअधिकार आयोगका सदस्यहरु गोविन्द शर्मा र मोहना अन्सारी नेतृत्वको टोलीसँग स्थानीय बासिन्दाले सीमा क्षेत्रमा सुरक्षा नभएको भन्दै ध्यानाकर्षण गराएका छन् ।

भारतीय डाँकाको समूहले चोरी गर्न थालेपछि सीमा क्षेत्रका बासिन्दा रातभर जाग्राम बस्न थालेका छन् भने कोही बस्तु गोठमा ओछ्यान लगाएर सुत्ने गरेका छन् । बस्तुभाउँ समेत चोरी हुन थालेपछि उनीहरु समस्यामा परेका हुन् । –अन्नपूर्ण पोस्ट दैनिकबाट