
काठमाडौं, असोज १७ । भारत प्रशासित जम्मु कश्मिरमा आतंकवादी आक्रमणमा संलग्न दुई आतंकवादी सैनिक कारबाहीमा मारिएका छन् ।
एक जना सैनिक जवान पनि मारिएका छन् । जम्मु कश्मिरको बारामूला जिल्लामा रहेको राष्ट्रिय राइफल क्याम्पमा प्रवेश गर्न खोज्ने आतंकवादी समूहलाई रोक्ने क्रममा उनीहरु मारिएका हुन् ।
केही दिनअघि सोही जिल्लाको उडीमा भएको हमलामा १७ जना सुरक्षाकर्मी मारिएका थिए । पाकिस्तान र भारतबीच जम्मु कश्मिरको विषयमा तनाव सिर्जना भएको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्