८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


दशैंका लागि चिनिया सामान ल्याउँदै गरेका कन्टेनर रसुवागढीमा थन्किए


0
Shares

काठमाडौं, असोज १७ । दशैंका लागि चीनको केरुङबाट सामान बोकेर आएका तीन सयभन्दा बढी कन्टेनर रसुवागढी नाकामा थन्किएकबा छन् ।

स्थानीयका अनुसार कन्टेनर सँघुरो सडकमै राख्दा जोखिम बढेसँगै आवतजावतमा पनि समस्या भएको छ ।

सिन्धुपाल्चोकको तातोपानी नाका विनाशकारी भूकम्पका कारण बन्द भएपछि उत्तरतिर रसुवागढी नाकामात्र सञ्चालनमा छ ।

स्याफ्रुबेसी–रसुवागढी सडकको बीचमा पर्ने टिमुरेमा १५ दिनदेखि तीन सय कन्टेनर थन्किएका हुन् ।

भन्सारमा कर्मचारीको अभावमा दैनिक २०÷२५ वटा कन्टेनरको सामानमात्र जाँच हुँदा समस्या भएको छ । समयमा नै भन्सार जाँच हुन नसक्दा लामो समयदेखि सयौं गाडी पालो कुरेर बसिरेहका छन् । –अन्नपूर्ण पोस्ट दैनिकबाट