७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


विश्वकै धनी व्यक्ति जेफ बेजोस र म्याकेन्जीलेबीचको डिभोर्स संसारकै मंहगो !


0
Shares

काठमाडौं । विश्वकै धनी कम्पनी अमेजनका मालिक तथा संसारकै धनी व्यक्ति जेफ बेजोस र उनकी श्रीमती म्याकेन्जीबीच सम्बन्धविच्छेद हुने भएको छ ।

सम्बन्ध विच्छेदका क्रममा जेफ बेजोसकी श्रीमती म्याकेन्जीले ३५ बिलियन अमेरिकी डलर अर्थात करिब ४० खर्ब रूपैयाँ पाउने भएकी छिन् ।

सहमतिअनुसार अमेजन कम्पनीमा म्याकेन्जीको हिस्सा ४ प्रतिशत हुनेछ  । यो सम्बन्धविच्छेद संसारकै महँगो सम्बन्धविच्छेदको रेकर्ड बनेको छ ।

अमेजनको ४ प्रतिशत हिस्सा म्याकेन्जीको भागमा परेपछि उनी विश्वकै तेस्रो धनी महिला बन्ने फोर्ब्स पत्रिकाले जनाएको छ ।

यसअघि अमेरिकी अर्बपति एलेक वाइल्डेन्सटिन र उनकी श्रीमती जोसलिनको सम्बन्धविच्छेद संसारकै महँगो मानिएको थियो ।

उनीहरूको सम्बन्ध विच्छेदको सहमति ३.८ बिलियन डलरको थियो ।(एजेन्सी)