१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025


सिरियाली सहर एलेप्पलोस्थित ट्रमा अस्पताल बन्द


0
Shares

सिरिया, असोज १६ । सिरियाको एलोप्पो शहरमा रहेको एकमात्र ट्रमा अस्पतालको सेवा बन्द भएको छ ।

रुसी र सिरियाली सेनाको पछिल्लो हवाई हमलाका कारण अस्पतालमा रहेको स्वास्थ्य उपकरण र जेनेरेटर नष्ट भएपछि अस्पताल बन्द गरिएको हो ।

अस्पताल बन्द गर्नुअघि अस्पतालमा रहेका बिरामी र आतंकवादी हमलामा घाइते भएकाहरुलाई अर्को अस्पतालमा सारिएको थियो ।

पछिल्लो समय रुसी र सिरियाली सेनाले गरेको बम आक्रमणमा अस्पतालका दुईजना कर्मचारी मारिनुका साथै १० जना घाइते भएका थिए । अस्पताल बन्द भएसँगै बर्षौदेखि युद्धको मारमा परेको सिरियाली जनता थप मारमा परेका छन् । (एजेन्सी)