१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025


भारतलाई पाकिस्तानी सेनाको चेतावनी :‘झूठो आरोप नलगाउ’


0
Shares

काठमाडौं, असोज १६ । भारतले जम्मु काश्मिरको नियन्त्रण रेखामा सर्जिकल स्ट्राइक गरेको दावीलाई पाकिस्तानले कपोलकल्पित भन्दै खण्डन गरेको छ ।

पाकिस्तानी सेनाका सूचना विभाग निर्देशक आसिम सलिमले कुनै किसिमको सर्जिकल स्ट्राइक नभएको र भारतले गरेका सबै दाबी कपोलकल्पित, आधारहीन र झूठो रहेको आरोप लगाए ।

भारतले गोलाबारी गरेपनि त्यसको जवाफ पाकिस्तानी सेनाले दिएको उनको जिकीर छ ।

यस क्रममा आफ्ना दुई सैनिक मारिएको पाकिस्तानले बताएको छ । भारतीय सेनामा पनि हताहती भएको तर उनीहरुले सूचना लुकाएको दावी सलिमले गरे ।

नियन्त्रण रेखामा सन् १९७१ देखि लागुभएको युद्धविरामको संयुक्त राष्ट्रसंघले अनुगमन गर्दै आएको छ ।

राष्ट्रसंघको अनुगमन टोलीले पनि सर्जिकल स्ट्राइक वा युद्धविराम उल्लंघन भएको नदेखिएको बताइसकेको छ ।

सलिमले आफ्ना सेना देशको पश्चिमी सीमामा भइरहेको आतंकवादविरुद्ध लडिरहेको भन्दै ती सैनिकलाई पूर्वी सीमामा ल्याउने सोच नरहेको बताए ।

देशको सुरक्षाका लागि आवश्यक सबै किसिमको काम गर्न पाकिस्तान तयार रहेको पनि उनले बताए । (एजेन्सी)