११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


महिलाको रहस्यमय मृत्यु, श्रीमान् पक्राउ


0
Shares

भीमदत्तनगर, असोज १५ । कन्चनपुरको झलारी पिपलाडी–४ असैनाका २२ वर्षीया जीविका रानाको शंकास्पद मृत्यु भएको छ ।

शुक्रबार राति मृतक रानाका श्रीमान् बलराम रानाले श्रीमतीलाई वन समिति दक्षिण क्षेत्रमा मोटरसाइकलले ठक्कर दिएको भन्दै प्रहरीमा जानकारी गराएका थिए ।

‘हत्या घटनालाई लुकाउन दुर्घटनातर्फ ध्यानकेन्द्रित गरेको जस्तो देखिन्छ’– इलाका प्रहरी कार्यालय झलारीका प्रमुख प्रहरी निरीक्षक सुदाम रावलले भने–‘टाउकोमा चोट र घाँटीमा निलडाम देखिएकाले थप रहस्यमय छ ।’

मृतकका श्रीमान् बलरामले मोटरसाइकल दुर्घटनामा घाइते भएको भन्दै झलारीबजारमा उपचारका लागि ल्याएको र पछि प्रहरीलाई खबर गरेको निरीक्षक रावलले बताए ।

‘घटनास्थल हेर्दा महिलालाई खेतमा लछारपछार गरी नालामा धोएको जस्तो पनि छ’–रावलले भने–‘घटना रहस्यमय लागेपछि रातिदेखि नै विस्तृत् अनुसन्धान सुरु गरेका छौं ।’

झलारीबजारमा सामान्य उपचार गराइएकी रानालाई थप उपचारका लागि यहाँस्थित महाकाली अञ्चल अस्पताल पुर्‍याउनेक्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

इप्रका झलारीले मृतकका श्रीमान्लाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । महिलाको शव महाकाली अञ्चल अस्पतालमा राखिएको छ ।

त्यसैगरी, घटनाबारे थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालयको एक टोली घटनास्थलतर्फ जाँदैछ । रासस