
फाइल फोटो
काठमाडौं, असोज १४ । सरकारले चरिकोट प्राथमिक स्वास्थ्य केन्द्रमा भएको घटनाका सम्बन्धमा छानबिन गरी तीनभित्र प्रतिवेदन बुझाउने गरी समिति गठन गरेको छ ।
स्वास्थ्यमन्त्री गगनकुमार थापाका सल्लाहकार प्रताप पौडेलकाअनुसार स्वास्थ्य मन्त्रालयले मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयका प्रमुख डा. रमेशविक्रम सिंहको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति बिहीबार गठन गरेको हो ।
समितिमा मन्त्रालयका उपसचिव कृष्णप्रसाद लम्साल र स्वास्थ्य सेवा विभागका शाखा अधिकृत दीपक रिजाल रहेका छन् । समितिका सदस्य घटनाको विषयमा छानबिन गर्न चरिकोट गएका छन् ।
यही असोज ७ गते केन्द्रमा उपचारकाक्रममा साढे दुई वर्षका बालक महादेव रिजालको मृत्यु भएपछि स्थानीयबासीले अस्पतालमा कार्यरत् चिकित्सक तथा स्वास्थ्यकर्मीलाई अमानवीय तरिकाले माफ माग्न बाध्य पारेका थिए ।
घटनापछि नेपाल चिकित्सक संघले विहीबार नै स्वास्थ्य केन्द्रमा कार्यरत् चिकित्सक तथा स्वास्थ्यकर्मीलाई काठमाडौं ल्याएको छ ।
सम्पूर्ण स्वास्थ्यकर्मी काठमाडौं आएपछि त्यहाँको आकस्मिकसहित अरु स्वास्थ्य सेवा पनि ठप्प भएको छ । रासस
प्रतिक्रिया दिनुहोस्