८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


एसएलसी परीक्षा दुई तहमा गर्न प्रस्ताव


0
Shares

काठमाडौं, असोज १३ । परीक्षा नियन्त्रण कार्यालयले विद्यालय तहको अन्तिम खुड्किलोका रुपमा लिइने प्रवेशिका (एसएलसी) परीक्षा दुई तहमा गर्न शिक्षा मन्त्रालयसमक्ष प्रस्ताव गरेको छ ।

परीक्षा नियन्त्रण कार्यालयले हालै गठन भएको राष्ट्रिय परीक्षा बोर्ड तथा सरोकारवालासँग परामर्श गरी मन्त्रालयसमक्ष बुधबार यस्तो प्रस्ताव गरेको हो ।

पनिकाको प्रस्तावअनुसार कक्षा दसको अन्त्यमा एक पटक र कक्षा बाह्रको अन्त्यमा अन्तिमपटक यस्तो परीक्षा सञ्चालन गरिने उल्लेख छ ।

तीन महिनाअघि संशोधन भएको शिक्षा ऐनले विद्यालय तहको संरचना परिवर्तन गरी कक्षा एकदेखि आठसम्म आधारभूत तथा कक्षा नौदेखि बाह्रसम्मलाई माध्यामिक तह मानेको छ ।

ऐन संशोधन हुनुअघि विद्यालय तहको अन्तिम परीक्षाका रुपमा दस कक्षापछि एसएलसी परीक्षा सञ्चालन गरिदैं आएको थियो । –अन्नपूर्ण पोस्ट दैनिकबाट