८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


लोक तथा दोहोरी प्रतिष्ठानको अध्यक्षमा बद्री पगेंनी विजयी


0
Shares

काठमाडौं, असोज १२ । लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको अध्यक्षमा कलाकार बद्री पगेंनी निर्वाचित भएका छन् ।

प्रतिष्ठानको छैंटौं केन्द्रीय महाधिवेशनले दुई वर्षका लागि पगेंनीको नेतृत्वमा ३९ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा रमेश बिसी, द्वितीय उपाध्यक्षमा रामजी खाँड, महासचिवमा सुवास केसी र उपमहासचिवमा चौलेन्द्र पौडेल निर्वाचित भएका छन् ।

प्रतिष्ठानको प्रथम उपाध्यक्षमा पशुपति शर्मा, महिला उपाध्यक्षमा रीता थापा, महिला सचिवमा राधिका हमाल र कोषाध्यक्षमा दीपक खड्का निर्विरोध निर्वाचित भएका हुन् ।

यसैगरी, सचिवमा शंकर बिसी, खुमन अधिकारी र कृष्ण रेउले र सहकोषाध्यक्षमा टीका पुन विजयी भएका छन् ।

प्रतिष्ठानका पूर्वअध्यक्ष दुर्गा रायमाझीकाअनुसार पाँच सदस्यको मनोनयन पछि गरिने छ । रासस