७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


राष्ट्रपतिद्वारा पोखरामा मातृशिशु मितेरी अस्पतालको उद्घाटन


0
Shares

पोखरा, असोज १२ । राष्ट्रपति विद्यादेवी भण्डारीले पोखरा उपमहानगरपालिका र जापानको कोमागाने नगरबीच सम्बन्ध कायम भएको १०औं वर्षगाँठको अवसरमा पोखरामा स्थापित मातृशिशु मितेरी अस्पतालको बुधबार उद्घाटन गरेकी छन् ।

मातृशिशु मितेरी अस्पतालले महिला, बालबालिका र गर्भास्थामा रहेका शिशुहरुलाई स्वास्थ्य सेवा पुर्‍याउनेछ ।

उद्घाटन कार्यक्रममा राष्ट्रपति भण्डारीले महिला र बालबालिका दुबैलाई सुरक्षित राख्न सुनौला हजार दिनलाई ख्याल गर्नुपर्ने बताइन् ।