६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


डा. केसी नवौं आमरण अनशनमा


0
Shares

                                                   फाइल फोटो

काठमाडौं, असोज १० । चिकित्सा शिक्षामा सुधारको माग गर्दै आएका प्रा.डा. गोविन्द केसीले सोमबारदेखि नवौं चरणको आमरण अनशन सुरु गरेका छन् ।

डा. केसी त्रिवि शिक्षण अस्पताल परिसर, महाराजगन्जमै आमरण अनशनमा बसेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्की र आयुक्त राजनारायण सिंहलाई महाअभियोग लगाउनुपर्ने, आफ्ना सुझावलाई समेटेर चिकित्सा शिक्षा ऐन संसदबाट पारित गर्नुपर्ने, शुल्क निर्धारण समिति खारेज गर्नुपर्ने, आइओएममा वरिष्ठताको आधारमा डीन नियुक्त गर्नुपर्ने र संसदमा विचाराधीन मनमोहन स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक फिर्ता लिनुपर्नेलगायतका माग उनले राखेका छन् ।

यसअघि गत साउनमा तत्कालीन सरकारले माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि डा. केसीले अनशन तोडेका थिए ।

तर, नवगठित सरकारले पनि डा. केसीका माग पूरा गर्न खासै चासो नदेखाएपछि केसी पुनः अनशन बसेका हुन् ।