
काठमाडौं, असोज १० । नेपालकै सर्वाधिक पुरस्कार राशीको रेडबुल फुटसल लिग सुरु भएको छ ।
राजानीको बाँसबारीस्थित चउर रिक्रिएसन सेन्टरमा सोमबार आयोजित एक विशेष समारोहकाबीच फुटसल लिग सुरु भएको हो ।
प्रतियोगिताको उद्घाटन खेलमा नेपाल खेलकुद पत्रकार मञ्चले आयोजक एएमए इभेन्ट्सलाई ११–३ को विशालअन्तरले पराजित गर्यो ।
१६ टिम सहभागी रेडबुल राष्ट्रिय लिग फुटसलको पहिलो प्रतिस्पर्धात्मक खेलमा चउर रिक्रिएसनले ढुकु फुटसललाई ३–२ ले पराजित गरेको छ ।
एएमए इभेन्ट्सको आयोजनामा सुरु भएको रेडबुल फुटसल लिगमा राजधानीका १६ फुटसल सेन्टरका टिम सहभागी छन् ।
नेपालमा बढ्दो फुटसल खेलको लोकप्रियता मध्यनजर गर्दै राष्ट्रिय लिग सुरु गरिएको आयोजकको भनाइ छ ।
नेपाली फुटबलका प्राय सबै ठूला प्रतियोगितामा साथ दिँदै आएको रेडबुलले यो फुटसल प्रतियोगिताको मुख्य प्रायोजन गरेको छ ।
यसलाई ‘नेपाली खेलकुदप्रतिको समर्पण’ बताउँछन् रेडबुलका ब्रान्ड मेनेजर असिम अर्याल ।
‘होम एन्ड अवे’का आधारमा सन्चालन हुने रेडबुल फुटसल लिगमा विजेता टोलीले अहिलेसम्मकै सर्वाधिक १० लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।
प्रतियोगितामा सहभागी टिमले राष्ट्रियस्तरका जुनसुकै खेलाडीलाई खेलाउने पाउने प्रावधान छ ।
प्रतिक्रिया दिनुहोस्