
गणेश बानियाँ (इमेज)
जाजरकोट, असोज १० । जाजरकोटको भेरीमालिका–३ स्थित स्यालापाखा सामुदायिक वनमा ५ सय ८० राउन्ड गोली भेटिएको छ ।
डोल्पा सडकखन्डअन्तर्गत् पर्ने सडकको १ सय मिटर तल स्यालापाखा सामुदायिक वनमा खोजतलासी गर्दा विभिन्न किसिमका अत्याधुनिक हतियारमा प्रयोग हुने गोली खिया लागेको अवस्थामा भेटिएको हो ।
विशेष सूचनाका आधारमा गोली भएको थाहा भएपछि प्रहरी निरीक्षकहरु हिक्मतबहादुर बोहरा र सुवास भट्टसहितको १५ जनाको टोलीले सोमबार सामुदायिक वनमा खोजतलासी गर्दा गोली फेलापारेको हो ।
गोली कसले र किन छाडेको भन्नेबारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्