१२ बैशाख २०८२, शुक्रबार | Sat Apr 26 2025


सिरियामा रुसले गरिरहेको कारवाही जनताविरुद्धको बर्बरता : अमेरिका


0
Shares

काठमाडौं, असोज १० । अमेरिकाले सिरियामा रुसले गरिरहेको कारवाहीलाई बर्बरताको संज्ञा दिएको छ ।

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको आपतकालीन बैठकमा अमेरिकाले सिरियामा भइरहेको कार्वाहीबारे रुसले गलत सूचना दिएको आरोप पनि लगाएको छ ।

राष्ट्रसंघका लागि अमेरिकी राजदूत सैमन्था पावरले सिरियामा रुसी कार्वाही आतंकवादविरुद्धको लडाई नभई आम जनताविरुद्धको बर्बरता मात्र भएको दलील पेश गरे ।

विपक्षीहरुको आश्रयस्थल एलेप्पोमा रुस र सिरियाई सेनाले स्थल र हवाई दुबै तर्फबाट आक्रमण गरेको भन्दै उनले हालैको दिनमा मात्र १५० भन्दा बढी हवाई आक्रमण गरिएको जानकारी दिए ।

रुसी राजदूतले विटाली चुरकिनले भने सिरियामा शान्ति कायम गर्नु लगभग असम्भव भएको भन्दै हतियारबन्द विद्रोहीले नै संघर्षविराम तोडेको आरोप लगाए ।

सिरियाका प्रतिनिधिले भने सरकारी सेनाले एलेप्पोमा पूरै कब्जा जमाउन लागेको जनाएका छन् । यसअद्धि राष्ट्रसंघका महासचिवले सिरियामा बंकर बम प्रयोग भइरहेकोमा यसलाई गलत भनेका थिए ।

सिरियाका लागि राष्ट्रसंघीय विशेष दूत स्टेफान डी मिस्तूराले पनि एलेप्पोमा आतंक नयाँ उचाईमा पुगेको जानकारी दिएका थिए । एलेप्पोमा पछिल्लो आक्रमणमा मात्र ४५ जनाभन्दा बढी मारिइसकेका छन् । (एजेन्सी)