८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


भूकम्पपछि पुनर्निर्माणमा प्रगति नदेखिए पनि लागत बढ्दै


0
Shares

काठमाडौं, असोज १० । भूकम्पपछि पुनर्निर्माणका लागि हालसम्म उल्लेख्य प्रगति नभए पनि अनुमानित लागत भने उल्लेख्य बढेको छ ।

गत वर्षको दाता सम्मेलनअघि राष्ट्रिय योजना आयोगले गरेको विपद् व्यवस्थापनको आवश्यक आँकलन प्रतिवेदनले पुनर्निर्माणका लागि ६ सय ७० अर्ब आवश्यक रहेको देखाएको थियो ।

अहिले भने पुनर्निर्माणको अनुमानित लागत बढेर ९ सय ३८ अर्ब पुगेको छ ।

भूकम्प प्रभावितलाई पूर्वघोषित दुई लाख अनुदान रकममा थप एक लाख रुपैयाँ दिने निर्णय मन्त्रिपरिषदले गरेको छ ।

यस्तै प्रभावितलाई ३ लाख रुपैयाँ निर्व्याजी ऋण प्रदान गर्ने निर्णयसमेत कार्यान्वयन हुँदा बजेट ९ सय ३८ अर्ब पुग्ने देखिएको छ । –कारोबार दैनिकबाट