
काठमाडौं, असोज ८ । स्पेनको घरेलु फुटबल लिग ला लिगामा शनिबार साविक विजेता बार्सिलोनाले स्पोर्टिङ गियोनको सामना गर्दैछ ।
खेल नेपाली समयअनुसार बेलुकी ८ बजे स्पोर्टिङ गियोनको मैदानमा हुँदैछ ।
ला लिगामा शनिबार राति (आइतबार बिहान) साढे १ बजे रियल मड्रिडले लस पलमससँग खेल्दैछ ।
प्रतियोगिताअन्तर्गत शनिबारै राति एथ्लेटिको बिल्बाओ र सेभिया पनि भिड्दैछन् ।
ला लिगाको अंक तालिकामा ५ खेलबाट १३ अंक जोडेको रियल मड्रिड शीर्ष स्थानमा छ ।
यस्तै, ११ अंक जोडेको सेभिया दोस्रो, १० अंक जोडेको बार्सिलोना तेस्रो तथा ९ अंक जोडेको एथ्लेटिको मड्रिड चौंथो स्थानमा छ ।
प्रतिक्रिया दिनुहोस्