
काठमाडौं, असोज ८ । नेपाली सांगीतिक क्षेत्रको महाउत्सव १८ औँ ईमेज अवार्ड आज काठमाडौंमा आयोजना हुँदैछ ।
नेपाली गीत संगीतको उत्थान गर्ने उद्देश्यले हरेक बर्ष गरिंदै आएको ईमेज अवार्ड संगीतमै समर्पित संगीतकर्मीहरुको सम्मान र प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गर्ने गरिएको छ ।
२०७२ साल असार १ गतेदेखि २०७३ साल जेठ मसान्तसम्म आधिकारिक रुपमा प्रसारण भएका गीत संगीतलाई १८ औं ईमेज अवार्डमा समावेश गरिने छ ।
चार वटा म्युजिक भिडियो, चार लोक, चार सामान्य र १० विशेष समूह गरी जम्मा २२ विधामा यो अवार्ड दिइन्छ ।
यी सबै विधामा फाराम भरेका चर्चित गीतमा एसएमएस भोटिङद्वारा पब्लिक च्वाइस अवार्ड वितरण गरिन्छ ।
हरेक बर्ष झैं यस बर्ष पनि २३ विधामा मनोनयनमा परेकाहरु मध्येबाट निर्णायक मण्डलबाट र एस.एम.एसबाट प्राप्त मतका आधारमा विजेताको घोषणा गरिने छ ।
ईमेज अवार्डमा गीत संगीतको क्षेत्रमा योगदान पुर्याउने एक जना कालजयी श्रष्टालाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मान गर्ने परिपाटी अनुसार यस बर्ष सर्जक एवं वरिष्ठ संगीतकार शम्भुजीत बाँस्कोटालाई सम्मान गरिंदैछ ।
दिउँसो साढे ४ बजेदेखि *सोल्टी होटलबाट सुरु हुने ईमेज अवार्डको ईमेज च्यानल, इमेज एफएम ९७.९, ईमेज न्यूज एफएम १०३.६ र ईमेजखबर डटकमबाट प्रत्यक्ष प्रसारण हुनेछ ।
*सच्याइएको । सोल्टी होटल हुनुपर्ने ठाउँमा यसअघि अन्यथा पर्नगएको सच्याइएको छ–सम्पादक ।
प्रतिक्रिया दिनुहोस्