
काठमाडौं, असोज ७ । ओपन महिला ५० मिटर ब्रेस्टस्ट्रोक पौडीमा नयाँ राष्ट्रिय कीर्तिमान बनेको छ ।
निहारिका तुलाधरले शुक्रबार ३८ दशमलव ६ सेकेन्डमा निर्धारित् दूरी सकाउँदै नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी हुन् ।
निहारिकाले गत वर्ष १२औं दक्षिण एसियाली खेलकुद (साग)मा ३९ दशमलव ३३ सेकेन्डमा गौरिका सिंहले बनाएको कीर्तिमान तोडेकी हुन् ।
नेपाल पौडी संघको आयोजनामा सातदोबाटो अन्तर्राष्ट्रिय पौडीपोखरीमा आयोजित छैटौं एनएसए खुल्ला पौडी प्रतियोगिताकाक्रममा निहारिकाले कीर्तिमान राखेकी हुन् ।
प्रतिक्रिया दिनुहोस्