
कैलाली, असोज ७ । टीकापुर घटनाका ‘योजनाकार’ रहेका लक्ष्मण थारुलाई कैलाली कारागार धनगढीमा फिर्ता ल्याइएको छ ।
गत वर्ष भदौ ७ गते घटेको टीकापुर घटनामा संलग्न रहेको अभियोगमा पक्राउ परेका थारुलाई औषधोपचारकाक्रममा करिब साढे सात महिनाअगाडि केन्द्रीय कारागार काठमाडौं सारिएकोमा अहिले उनलाई कैलाली कारागारमा फिर्ता गरिएको छ ।
टीकापुर घटनाबारे जिल्ला अदालत कैलालीले मुद्दा हेरिरहेकाले पनि उनको स्वास्थ्य अवस्थामा सुधार आएपछि कैलाली फिर्ता गरिएको जनाइएको छ ।
उनको पारिवारिक स्रोतकाअनुसार आफूहरु घटनामा संलग्न नरहेपनि जबरर्जस्ती दोषी ठहर्याएको थारुले बताएका छन् ।
आफूहरुको माग र मुद्दा सम्बोधन नभएसम्म आफूहरुको आन्दोलन जारी रहने थारुको भनाइ छ ।
मधेस आन्दोलनकाक्रममा आन्दोलनकारी र प्रहरीबीच भएको दोहोरो झडपमा प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपाने, प्रहरी निरीक्षक बलराम विष्ट र केशव बोहरासहित आठजना सुरक्षाकर्मी र एक नाबलकको ज्यान गएको थियो । रासस
प्रतिक्रिया दिनुहोस्