७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


विभिन्न सरकारी अस्पतालका हालत बुझ्न बिरामीको भेषमा मन्त्रीका दूत


0
Shares

काठमाडौं, असोज ७ । स्वास्थ्यमन्त्री गगन थापाले सरकारी अस्पतालले दिने सेवासहित समग्र अवस्थाबारे जानकारी लिन स्वयंसेवक युवालाई बिरामीको भेषमा परिचालन गरेका छन् ।

ती स्वयंसेवकले अस्पतालले बिरामीलाई दिने सेवा, गर्ने व्यवहार, भौतिक पूर्वाधार अवस्था, समस्या र सुधार क्षेत्रलगायत विषयमा बुझेर मन्त्रीलाई जानकारी गराउँछन् ।

अस्पतालका समस्या पहिचान गरी समाधान रणनीति तर्जुमा गर्न सहयोग पुगोस् भनेर उनले स्वयंसेवक युवालाई बिरामीको भेषमा ‘गुप्त दूत’ बनाएर परिचालन गरेका हुन् ।

मन्त्री भएपछि उनी स्वयं पनि विभिन्न अस्पताल पुगेर समस्या र समाधानका उपायबारे जानकारी लिइरहेका छन् । –नागरिक दैनिकबाट