१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


आरसीटी र एनआरटीले अंक बाँडे


0
Shares

काठमाडौं, असोज ६ । राजधानीमा जारी सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलअन्तर्गत् विहीबार भएको खेलमा रानीपोखरी कर्नर टिम (आरसीटी) र न्यूरोड टिम (एनआरटी)ले बराबरी खेलेका छन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा घरेलु फुटबलमा लामो इतिहास बोकेका यी दुई परस्पर प्रतिद्वन्द्वी टोलीहरुले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् ।

खेलमा दुबै टोलीले प्राप्त अवसरहरु सदुपयोग गर्न नसक्दा अंक बाड्न बाध्य बनेका हुन् ।

बराबरी खेलेसँगै ९ खेलबाट १९ अंक जोडेको एनआरटी अंकतालिकामा दोस्रो स्थानमा छ । समान खेलबाट १७ अंक जोडेको आरसीटी चौंथो स्थानमा छ ।

समान खेलबाट २० अंक जोडेको श्री कुमारी क्लब तालिकाको शीर्ष स्थानमा छ ।

आन्तरिक तथा आर्थिक समस्याका कारण केही समय फुटबलबाट विश्राम लिएका घरेलु फुटबलका पुराना टोलीहरु आरसीटी र एनआरटी पुनः शीर्ष डिभिजनमा उक्लिने प्रयासमा छन् ।