१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


इङ्लिस लिग कपको चौथो चरणमा कुन टीम कुनसँग खेल्ने ?


0
Shares

काठमाडौं, असोज ६ । इङ्लिस लिग कप फुटबल प्रतियोगिताको चौथो चरणमा म्यान्चेस्टर युनाईटेड र म्यान्चेस्टर सिटी भिड्ने भएका छन् ।

तेस्रो चरणका खेलहरुमा बुधबार विजयी हुँदै जोजे मौरीन्होको म्यान्चेस्टर युनाईटेड र पेप ग्वार्डीयोलाको म्यान्चेस्टर सिटीले सनसनीपुर्ण भिडन्त तय गरेका हुन् ।

बुधबार निकालिएको खेल तालिका अनुसार लण्डन क्लव चेल्सीले आफ्नै शहरको प्रतिद्धन्दी वेष्ट ह्याम युनाईटेडसँग खेल्नेछ । यसैगरी लिभरपुलले टोटनह्याम हट्सपरसँग खेल्दा आर्सनल र रिडिङ भिड्नेछन् ।