
काठमाडौं, असोज ५ । सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलअन्तर्गत् बुधबारका खेलमा नयाँबस्ती युथ क्लब र सामाजिक युथ क्लब विजयी भएका छन् ।
नयाँबस्तीले पुल्चोक स्पोर्टस् क्लबलाई २–१ ले हरायो । त्यस्तै, सामाजिकले बाँसबारी क्लबलाई ३–२ ले हरायो ।
बुधबारै ब्वाइज युनियन क्लबले भने खुमलटार युथ क्लबसँग १–१ गोलको बराबरी खेलेको छ ।
लिगमा २० अंकका साथ श्रीकुमारी क्लब शीर्ष स्थानमा रहँदा १९ अंकको च्यासल युथ क्लब दोस्रो स्थानमा छ ।
एक खेल कम खेलेको एनआरटी १८ अंकसहित तेस्रो तथा १६ अंकको आरसीटी चौंथो स्थानमा छ ।
लिगमा एक अंकको महावीर क्लब पुछारमा रहँदा ७ अंकको सामाजिक रेलिगेसन क्षेत्रमा छ ।
नवौं चरणको अन्तिम खेलमा एनआरटी र आरसीटी भिड्न बाँकी छ । यो खेलपछि उपाधि भिडन्त अझ रोमान्चक बन्ने देखिएको छ ।
१४ टोली सहभागी लिगमा शीर्ष दुई टोली ‘ए’ डिभिजनमा बढुवा हुँदा पुछारका दुई टिम ‘सी’ डिभिजनमा घटुवा हुनेछन् ।
प्रतिक्रिया दिनुहोस्