११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


दाङमा दुई महिनामै १६ वटा चोरीका घट्ना, सुरक्षा सर्तकता बढाइयो


0
Shares

दाङ, असोज ५ । दाङमा चोरीका घटना बढ्न थालेपछि प्रहरीले सुरक्षा सर्तकता बढाएको जनाएको छ ।

चाडबाडलाई मध्यनजर गरेर सादा पोशाकका प्रहरी खटाइएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको हो ।

जिल्ला प्रहरी कार्यालय दाङको तथ्याङक अनुसार गत बर्ष दाङमा २५ वटा चोरीका घटना भएकोमा चालु आर्थिक वर्षको दुुइ महिनामै १६ वटा चोरीका घटना दर्ता भइसकेको छ ।

जसमा २ वटा चोरीका घटनामा संलग्न आरोपी मात्र समातिएका छन् ।

प्रहरीले नागरिकहरुलाई जानकारी गराउन जनचेतना फैलाइ रहेको भए पनि सानो असावधानीका कारण चोरी बढेको प्रहरीले जनाएको छ ।

चाडबाडमा चोरीका घटना हुन नदिन आफै चनाखो हुनुपर्ने भन्दै सर्तकता अपनाउन समेत प्रहरीले सुझाव दिएको छ ।