
काठमाडौं, असोज ५ । शिर्ष क्लवहरु चेल्सी, आर्सनल र लिभरपुल इंग्लिश लिग कप फुटबल प्रतियोगिताको चौथो चरणमा प्रवेश गरेका छन् ।
मंगलबार राती भएको तेस्रो चरणको खेलमा लिग च्याम्पियन लेष्टर सिटीलाई अतिरिक्त समयमा ४-२ ले हराँउदै चेल्सी चौथो चरणमा पुगेको हो ।
खेलको निर्धारित ९० मिनेटसम्म २-२ गोलको बराबरी भएपछि थपिएको समयमा फाब्रिगासले दुई गोल गर्दै चेल्सीलाई विजयी गराएका हुन् ।
लिग कप अन्तर्गत मंगलबार राती भएको अर्को खेलमा आर्सनलले नटिङ्घम फरेष्टलाई ४-० ले हरायो ।
यसैगरी डर्बी काउण्टीलाई ३-० ले हराँउदै लिभरपुल पनि चौथो चरणमा प्रवेश गरेको छ ।
लिग कप अन्तर्गत तेस्रो चरणका अन्य खेलहरुमा नर्वीच सिटीले एभर्टनलाई २-० ले, प्रेस्टनले बर्नमाउथलाई ३-२ ले तथा लिड्स युनाईटेडले ब्ल्याकबर्न रोभर्सलाई १-० ले हराएका छन् ।
प्रतिक्रिया दिनुहोस्