११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


मादकपदार्थ सेवन गरेर हाफपाइन्टमा अफिस आएका सचिव समातिए


0
Shares

झापा, असोज ४ । मादकपदार्थ सेवन गरेर कार्यालय पुगेका एक सचिव झापामा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जिविस झापामा कार्यरत् सचिव तारानाथ दाहाल रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक हरिप्रसाद शर्माले जानकारी दिए ।

मादकपदार्थ सेवन गरेर कार्यालय आएपछि उनलाई स्थानीय विकास अधिकारी खेमराज ओझाले प्रहरीलाई बोलाएर जिम्मा लगाएका थिए ।

दिनहुँजसो कार्यालय समयभन्दा ढिलो गरी अफिस आउने, मादकपदार्थ सेवन गरेर अफिसमा होहल्ला गर्ने र निर्धारत् पोसाकमा कार्यालय नआएपछि उनलाई प्रहरीलाई बोलाएर जिम्मा लगाएको स्थानीय विकास अधिकारी ओझाले बताए ।

पक्राउ परेका सचिव मंगलबार मादकपदार्थ सेवन गरेर होहल्ला गर्दै हाफपाइन्टमा अफिस आएका थिए ।

अफिस आएलगत्तै उनलाई स्थानीय विकास अधिकारी आफैंले प्रहरीलाई खबर गरी पक्राउ गर्न निर्देशन दिएका थिए । रासस