
काठमाडौं, असोज ४ । भारत प्रशासित क्षेत्र कस्मिरको उडीमा भएको घटना फेरि बल्झिएको छ ।
मंगलबार पाकिस्तानले एलओसी वरिपरि ‘फायरिङ’ गरेपछि भारतले जवाफी कारबाही थालेको भारतीय सन्चारमाध्यमले जनाएका छन् । सो जवाफी कारबाहीमा १० जना ‘आतंककारी’को मृत्यु भएको छ ।
उडी क्षेत्रको लक्षीपुरा इलाकामा भिडन्त भइरहेको पनि जनाइएको छ ।
आइतबार भएको आतंकवादी हमलामा १८ भारतीय सैनिक र चार ‘आतंककारी’ मारिएपछि भारत र पाकिस्तानबीचको सम्बन्ध थप चिसिएको छ ।
भारतले पाकिस्तानलाई आतंकवादी देश घोषित गर्न अमेरिका र रुससँगसमेत पहल गरेको बताइएको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्