
ललितपुर, असोज ४ । काठमाडौं र ललितपुरका विभिन्न स्कुल अगाडि प्रेसर कुकर बम फेला परेका छन् ।
काठमाडौंको बौद्धस्थित राई स्कुल, दक्षिणढोकास्थित मनकामना स्कुल र डल्लुस्थित पन्चकन्या स्कुलमा एकाबिहानै शंकास्पद वस्तु भेटिएको प्रहरीले जनाएको छ ।
त्यस्तै ललितपुरको रेडियन्ट स्कुलमा पनि प्रेसरकुकर बम भेटिएको छ ।
शंकास्पद वस्तु भेटिएको स्थानमा योंङ कम्युनिष्ट फोर्स र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी केन्द्रको पर्चा भेटिएको छ ।
बम भेटिएको केही स्थानमा सेनाको बम डिस्पोजल टोली पुगेको छ भने केही स्थानमा जाँदै गरेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्