काठमाडौं, असोज ३ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले संविधान दिवसका अवसरमा बधाइ तथा शुभकामना दिएका छन् ।
उनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई पत्र पठाएर शुभकामना दिएका हुन् । ‘असोज ३ मा संविधान दिवस मनाउँदै गर्दा तपाई र नेपाली जनतालाई बधाई ज्ञापन गर्न पाएकोमा मलाई खुसी लागेको छ । अमेरिकी जनताको तर्फबाट शुभकामना व्यक्त गर्न पाएकोमा समेत मलाई गौरवानुभूति भएको छ’ पत्रमा भनिएको छ ।
पत्रमा उनले विनाशकारी भूकम्प गएको एक वर्षभन्दा बढी समय बितिसकेको र त्यस विपतमा आफ्ना प्रियजन गुमाएका परिवारको शोक अझै पनि अमेरिकी जनताले अनुभूत गरिरहेको उल्लेख गरेका छन् । –कान्तिपुर दैनिकबाट
प्रतिक्रिया दिनुहोस्