१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


पारा ओलम्पिकमा दुःखद घटना, प्रतिश्पर्धाकै क्रममा साइक्लिस्टको निधन


0
Shares

रियो, असोज २ । ब्राजिलमा भइरहेको पारा ओलम्पिक प्रतियोगितामा एक प्रतिश्पर्धीको निधन भएको छ ।

पुरुषतर्फको सी–४/सी–५ साइकल रेसका क्रममा इरानका साइक्लिस्ट बहमान गोल्बरर्नेजहादको निधन भएको हो । अन्तर्राष्ट्रिय पारा ओलम्पिक कमिटिले उनको निधन भएको पुष्टि गरेको हो ।

पारा ओलम्पिक कमिटिका अनुसार हृदयघातका कारण उनको मृत्यु भएको हो । रियोस्थित पारा ओलम्पिक प्रतियोगिता आयोजनास्थलमा इरानको झण्डा आधा झुकाइएको छ ।

इरानी राष्ट्रपति हसन रुहानीले आफ्ना खेलाडीको मृत्यु भएकोमा दुःख व्यक्त गरेका छन् । (एजेन्सी)