१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


कश्मीरमा आतंकवादी हमला, १७ भारतीय सैनिकको मृत्यु


0
Shares

नयाँ दिल्ली, असोज २ । भारत प्रशासित कश्मीरमा आतंकवादी समूह र भारतीय सैनिकबीच भएको सशस्त्र संघर्षमा २१ जना मारिएका छन् ।

मारिनेमा १७ जना सैनिक छन् भने चारजना आतंकवादी रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

आइतबार बिहान साँढे ५ बजेतिर उरी सेक्टरस्थित सैन्य शिविरमा आतंकवादीहरुले आक्रमण गरेको बताइएको छ ।

यही घटनाका कारण भारतीय गृहमन्त्री राजनाथ सिंहले अमेरिका र रुस भ्रमण नै स्थगित गरेका छन् । उनी सोमबार अमेरिका र रुस भ्रमणमा जाने कार्यक्रम थियो ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कश्मीर हमलामा संलग्नलाई कारवाही गर्ने दृढता प्रकट गरेका छन् । उनले ट्वीट गर्दै भनेका छन्, ‘म देशवासीलाई भरोसा दिलाउन चाहन्छु कि यो कायरतापूर्ण हमलामा संलग्नलाई अवश्य कारवाही गरिनेछ ।’ (एजेन्सी)