७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


अब कता जाने ?


0
Shares

आदित्यमान श्रेष्ठ – आजको युवा पुस्ता अगाडि जति अवसर छन् उति चुनौति पनि छन् । अवसरको सही उपयोग गर्न सकिएन भने त्यसबाट न आफुलार्इ न देश र समाजलार्इ फार्इदा हुन्छ । यसलार्इ सही ढंगले बुझ्ने र सही उपयोग गर्नु नै जीवनको सबभन्दा ठुलो चुनौति हो । भनिन्छ कि अवसर उसैलार्इ पछ्याउने गर्द छ जो यसको लागि तैयार हुन्छ । त्यसकारण एउटा युवा या युवतीले सबभन्दा पहिले आफुलार्इ लायक बनाउनु जरूरी छ । संसारमा केही यस्ता कुराहरू  छन् जो कुनै पनि ठाउँमा, कुनै पनि समयमा र कुनै पनि अवस्थामा  आवश्यक पर्द छन् र उपयोगी हुन्छन् ।

ती हुन् — स्वास्थ्य, शान्ति र सन्तोष । यी तीन कुराहरू जीवनभर चाहिने कुरा हुन् । तर यी कुराहरू कसरी हासिल गर्न सकिन्छ भन्ने तरीका युवावस्थामा नै सिकिराख्नु बुद्धिमानी हुन्छ । यी तरीकाहरू हाम्रो समाजमा परंपरागतरूपमा उपलब्ध छन् । ती हुन् — योग, ध्यान र आध्यात्मिक चेतना । यी सबै हाम्रै समाजका देन हुन् । योगबाट जीवन पर्यन्त स्वस्थ रहन सकिन्छ । ध्यानबाट जीवन पर्यन्त शान्ति प्राप्त गर्न सकिन्छ भने आध्यात्मिक चेतनाबाट जीवन पर्यन्त सन्तोष पाउन सकिन्छ । यी मध्ये कुनै एउटाको कमिले जीवनमा अनेक दुःख भोग्नु पर्ने हुन्छ र हण्डर खानु पर्ने हुन्छ । त्यसकारण एउटा युवा या युवतीले जीवनका सबै चुनौति सामना गर्न र अवसरको सदुपयोग गर्न यी तीन कुरा हासिल गर्नै पर्द छ ।

आजकल युवायुवतीहरू व्यावसायिक योग्यता बढाउन जोड दिन्छन् तर जीवनलार्इ चाहिने आधारभुत क्षमतातिर ध्यान दिंदैनन् । अ‍ौपचारिक शिक्षा, तालिमबाट व्यावसार्इक सफलता पाउन सकिन्छ, पैसा कमाउन सकिन्छ । यसबाट मानिसले सुबिधा पाउन सक्छ तर सन्तोष पाउन सक्दैन । यसको साथसाथमा जीवनमा सुख पाउने उपायहरू पनि सिकिराख्नु जरूरी छ । होइनभने व्यावसायिक सफलताले भौतिक सुबिधाहरू जुटाउन सकिन्छ तर सुखको अनुभव गर्न सकिन्न । यी दुबै कुराहरू हासिल गर्नु गाहारो छैन तर यसकोलागि इच्छा शक्ति भने अवश्य हुनु पर्द छ । यसकालागि चाहिने अवसर र सुबिधा हाम्रो समाजमा विद्धमान छन् । व्यावसार्इक शिक्षा र तालिमको लागि नेपालमा अनेक स्कूल कलेज खुलेका छन् । यसको अलावा देशविदेशमा पनि नेपाली विद्यार्थीहरू जाने गर्द छन् । स्वास्थ्य, शान्ति र सन्तोषको तालीम पाउने ठाउँहरू देश मै उपलब्ध छन् ।

यस अतिरिक्त आजका युवायुवतीको अगाडि एउटा नयाँ चुनौति थपिएको छ । देशको सेवा कसरी गर्ने र देशलार्इ कसरी जोगार्इ राख्ने । यी चुनौतिहरू सबै देशमा आउँदैनन् तर हाम्रो देशमा आएको छ । यसकोबारेमा सचेत हुनु आवश्यक भएको छ किनभने अहिले भन्दा पहिले नेपालले अस्तित्वको यति ठुलो खतरा बेहोरेको थिएन । देशका युवायुवतीहरू देश बचाउने अभियानमा संलग्न हुनु जरूरी भएको छ ।

यो तथ्यसित जोडिएको अर्को चुनौतिको सामना पनि उनीहरूले गरिरहेका छन् । त्यो हो कुन दलमा लाग्ने ?राष्ट्र र राष्ट्रियताको संरक्षण गर्नु दलको कर्त्तव्य हो । दलीय व्यवस्था खुलारूपमा आउनु अगाडि पनि यो वर्ग अनेक दलहरूमा विभक्त थिए । प्रजातान्त्रिक, वामपन्थी र राष्ट्रवादीको विशेषणबाट छुट्याइने गरिन्थे । राजनैतिक व्यवस्था खुला भए पछि विभिन्न दलहरूसंग संलग्न हुन गए । कोही देशको सेवा गर्ने उद्देश्य राखेर गए भने कोही व्यक्तिगत आकांक्षा बोकेर गए । कोही साथीभाइको सोहरामा लागेर पनि गए । जे लक्ष र प्रेरणाबाट गए पनि आज ठुलो संख्यामा युवायुवतीहरू विभिन्न दलहरूसित संलग्न भएका छन् । तर उनीहरूको अगाडि ठुलो चुनौति छ । नेपालको राजनैतिक स्थिति झन् झन् अस्थिर, फोहोरो र भ्रष्ट हुँदै गइरहेकोले युवा पुस्ताको चुनौति झन् बढेको छ । अब उनीहरूको अगाडि देश, दल या आफु कस प्रति वफादार रहने भन्ने प्रश्न उठेको छ । किनभने आज देश र दललार्इ एउटै ठाउँमा राख्न सकिन्न । राजनीतिमा नीजी स्वार्थ हावी भएकोले राजनीतिक कर्मीहरू देशको स्वार्थबाट अलग भएका छन् । त्यसकारण मलार्इ ती युवायुवतीलार्इ केही कुरा भन्न कर लागेको छ ।

यदि तपार्इलार्इ विश्वास छ कि त्यो दल र नेताहरूले ठीक गरिरहेका छन् भने त्यसैमा लागि राख्नोस् । यदि छैन भने आफैसित प्रश्न गर्नुस् — किन लागिरहेको छु म ? यदि तपार्इलार्इ लाग्छ तपार्इको दल र नेताहरूले देश र जनताको हितमा छन् भने त्यसैमा लागि राख्नोस् । यदि छैन भने प्रश्न गर्नोस् — कि म किन लागिरहेको छु?

यदि तपार्इलार्इ लाग्छ तपार्इको दल र नेताहरू र्इमान्दार छन् र भ्रष्टाचार गर्दैनन्, गरेका छैनन्, गर्ने छैनन् भन्ने लाग्छ भने यसैमा लागि राख्नोस् । उनीहरूको साथ दिनुस् । यदि छैन भने प्रश्न गर्नुस् — किन म यसमा लागिरहे छु रु यदि तपार्इ व्यक्तिगत फाइदा उठाउन, पैसा कमाउन, मोजमस्तिगर्न, अनुचित र गैर कानूनी काम गर्न, त्यस्तै अपराध गर्दा पनि दण्डसजायबाट बच्न सो दलमा लाग्नु भएको छ भने त्यसैमा लागि राख्नोस् । तर आज राति गएर आफैसित सोध्नोस् — के मैले ठीक गरें रु के म यही गलत काम गर्न जन्मेको हुँ रु मेरो परिवार र सन्तानले मेरो कुरा थाहा पाए पछि मलार्इ के भन्लान् रु मैले गरेको अपराधको सजाय मैले नपाए पनि मेरो सन्तानले भोग्नु परे के होला रु यी प्रश्नहरूको उत्तर आफै खोज्नुस् । ती उत्तर थाहा पाएर पनि यदि तपार्इ शान्तिपूर्वक निदाउन सक्नु भयो भने त्यही दलमा लागि राख्नोस् । देश बिर्सनुस्, जनता बिर्सनुस्, धर्म बिर्सनुस्, नैतिकता बिर्सनुस्, मानवता बिर्सनुस् ।

तर कुनै दिन तपार्इका नजिकका मानिस या सन्तान बिरामी भयो र अस्पतालमा जानु भएर नक्कली डाक्टरको फेला पर्नु भयो भने सम्झनुस् त्यो तपार्इ कै कर्मको फल हो । कुनै दिन तपार्इका केटाकेटी स्कूलमा भर्ना गर्न जाँदा फिस बढी माग्यो भने शिकायत नगर्नुस् किनभने त्यसमा तपार्इको पनि हिस्सा छ भनेर सम्झनुस् । कुनै दिन तपार्इ भूमिसुधार प्रशासनमा घर जग्गा पास गर्न जाँदा घुस माग्यो भने जति भने पनि चुपचाप दिनुस् किनभने तपार्इको दल र नेताहरूले ल्याएको व्यवस्था त्यही हो । कुनै दिन कसैले कुट्ने, पिट्ने, मार्ने धम्की दियो भने प्रहरीकाहाँ जानु हुँदा प्रहरीले तपार्इलार्इ हप्कार्इ पठायो भने शिकायत नगर्नुस् किनभने तपार्इको दल र नेताले खडागरेको प्रहरी प्रशासन यसतै हुन्छ । कुनै दिन बजारबाट किनेर ल्याएको खानाबाट बिमारी पर्नु भयो र झाडापखाला लाग्यो भने चुपचाप सहनुस् र उपचार गराउनुस् किनभने मिसावट गर्ने गराउने अपराधीहरू तपार्इको दलका मानिसहरू नै हुन् ।

तपार्इले जसरी आफ्नो दल र नेताबाट आफ्नो स्वार्थ् पुरा गर्नु हुन्छ उसरी नै तपार्इको दलका सबै नेताहरू र कार्यकर्ताहरूले पनि आ—आफ्नो स्वार्थ पुरा गर्छन् । त्यो कसले कसरी गर्छन् भनेर तपार्इले थाहा पाउन पनि सक्नु हुन्न । तर त्यसको परिणाम तपार्इले पनि भोग्नु हुन्छ, समाजले भोग्छ, देशले भोग्छ, तपार्इका सन्तानले भोग्छन् । तपार्इको एउटा सानो स्वार्थले तपार्इको देश नाश हुन्छ, समाज नाश हुन्छ, शाखा सन्तान नाश हुन्छन् अनि तपार्इको के गति हुन्छ?आफै सोच्नुस् ।