
काठमाडौं, असोज १ । स्पेनिस लिग ला लिगामा साविक विजेता बार्सिलोनाले शानदार प्रदर्शन गरेको छ ।
बार्साले शनिबार नवप्रवेशी टिम लेग्नेसलाई उसकै मैदानमा ५–१ को फराकिलो अन्तरले हराएको छ ।
बार्सालाई जिताउनेक्रममा लिओनल मेसीले दुई तथा लुइस सुवारेज, नेमार र राफिन्हाले एक–एक गोल गरे ।
खेलको ८०औं मिनेटमा गाब्रिएलले गोल गर्दै लेग्नेसलाई सान्त्वना गोल दिलाएका थिए ।
यो जितसँगै बार्सिलोना ४ खेलबाट ९ अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ । ३ खेलबाट ९ अंकको रियल मड्रिड दोस्रो स्थानमा छ ।
प्रतिक्रिया दिनुहोस्