१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


कास्कीमा स्क्वास र्‍याकेट्स संघ गठन


0
Shares

पोखरा, असोज १ । कास्कीमा स्क्वास र्‍याकेट्स संघ गठन भएको छ ।

यो खेललाई विकास, विस्तार एवं प्रवद्र्धन गर्न स्क्वास खेलाडी तथा खेल प्रेमीहरुको पोखरामा सम्पन्न एक भेलाले शनिबार पुष्पराज श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय कास्की जिल्ला स्वाक्स गठन गरेको हो ।

पूर्वाधारबिना यो खेलको विकास सम्भव नभएकाले यसका लागि गति तीव्र पार्न सबैलाई आग्रह गरिएको छ ।

पोखरामा १५ वर्षअघि स्क्वास खेल भित्र्याउने स्व.रामप्रसाद कोइरालाले पोखरा उपमहानगर पालिका वडा नम्बर–४ स्थित आफ्नै घरमा कोर्टको निर्माण गरेका थिए ।

त्यतिबेला कास्कीमा २५ भन्दा बढी स्क्वास खेलाडी रहेको सहसचिव सन्तोष घिमिरेले जानकारी दिए ।

कास्की जिल्ला खेलकुद विकास समितिमा दर्ता भएको संघहरुमा यो ८१औं संघ रहेको छ ।