१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


प्रिमियर लिगमा आज पाँच खेल, म्यानसिटी र बर्नमाउथ आमने–सामने


0
Shares

काठमाडौं, असोज १ । इंग्लिस प्रिमियर लिग फुटबलमा शनिबार पाँच खेल हुँदैछन् ।

नेपाली समयअनुसार बेलुकी पौने ८ बजे चार खेल हुँदैछन् । हलसिटीले आफ्नै मैदानमा आर्सनलसँग, लेस्टर सिटीले आफ्नै मैदानमा बर्नलेसँग, म्यानचेस्टर सिटीले आफ्नै मैदानमा एएफसी बर्नमाउथसँग तथा वेस्टब्रोमविच आल्बियनले आफ्नै मैदानमा वेस्टह्याम युनाइटेडसँग खेल्दैछन् ।

त्यस्तै, राति सवा १० बजे एभर्टनले मिडिल्सब्रोसँग खेल्ने कार्यक्रम छ ।

यसअघि, शुक्रबार रातिको खेलमा लिभरपुलले चेल्सीलाई २–१ ले पराजित गर्दै बलियो दावेदारी प्रस्तुत् गरेको छ ।

चेल्सीको हारले लिगमा एकमात्र अपराजित टिम म्यानचेस्टर सिटी बनेको छ ।

लिगमा ४ खेलबाट १२ अंकको म्यानचेस्टर सिटी शीर्ष स्थानमा रहँदा १० अंकको एभर्टन, चेल्सी र लिभरपुल क्रमशः दोस्रो, तेस्रो र चौथो स्थानमा छन् ।