१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


एक दशकदेखि रंगशाला निर्माण पुरा भएन


0
Shares

पाँचथर, असोज १ । पाँचथरको याङनामस्थित खलंगाटारमा निर्माणधीन एक मात्र खेल मैदान आर्थिक अभावका कारण पूरा हुन सकेको छैन ।

खलंगाटार उच्च माध्यमिक विद्यालय याङनामको स्वामित्वमा रहेको खेल मैदान याङनाम गाविसका सरोकारवाला, विभिन्न संघसंस्थाको परिकल्पनाबाट २०६४ साल फागुनबाट निर्माण थालिएको हो ।

तर, पर्याप्त रकम जुटाउन नसक्दा निर्माण कार्य थालिएको एक दशक पुग्दा पनि सम्पन्न हुन नसकेको हो ।

रंगशाला निर्माणका लागि हालसम्म ३४ लाख ४० हजार रकम खर्च भइसकेको छ । अझै ५० लाख खर्च हुने अनुमान गरिएको छ ।