७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


एकान्तमा केटी देख्नै नहुने..,एक ‘साइको सिरियल किलर’को कथा


0
Shares

काठमाडौं, असोज १ । सानै उमेरदेखि पोखरा बस्दै आएका अखिलेश झा अविवाहित हुन् । उनको परिवार भारतमै छन् । केही वर्षअघि उनको एक मुस्लिम युवतीसँग प्रेमसम्बन्ध थियो ।

उनले युवतीलाई बिहेको प्रस्ताव राखे । युवतीले परिवारमा गए भनिन् । तर, हिन्दु र मुस्लिम परिवारबीच वैवाहिक सम्बन्ध सम्भव भएन । सो विषयले दुई परिवारबीच झगडा भयो ।

त्यसपछि झा यस्तो गतिविधिमा लागेको हुन सक्ने प्रहरीको आंकलन छ । प्रहरीको लिखित बयानमा झा आफूले ढुंगा हानेर हत्या गरेको र घाइते बनाएको स्विकार गरेका छन् ।

‘केटी मान्छे राति एक्लै हिंडेको देखेपछि मलाई के हुन्छ–हुन्छ’, उनले भनेका छन् दिमाग नै अधकार भएर आउँछ, एकदमै रिस उठ्छ र आक्रमण गर्छु ।’ सबै घटनामा आक्रमण गरेपछि सडक छेउमा घिसारेर भाग्ने गरेको बताइन्छ ।

त्यस्तो गतिविधिमा लागेको प्रहरीले थाहा पाएपछि गत भदौ १४ गते उनलाई पक्राउ गरयो  ।

प्रहरीको लिखित बयानमा झाले अहिलेसम्म १७ जना केटीलाई सिकार बनाएका छन् । भने २ जनाले ज्यान नै गुमाए । अन्य १५ जना गम्भिर घाइते छन् ।

मुख्य सडकमा भन्दा उनी गल्लीमा एक्लै घुम्न रुचाउँछन् । यसरी घुम्न निस्किनुको एउटै उदेश्य राति एक्लै हिंडने युवतीको खोजी हो । उनले यौनतृष्ण मेटाउन यसरी गल्ली गल्लीमा राति युवती खोज्ने गरेका होइनन् ।

उनमा फरक खालको तृष्ण छ–राति एक्लै भेटेका युवतीलाई टाउकोमा ढुंगाले हानी घाइते बनाउने वा हत्या गर्ने र आनन्द लिने ।

नयाँ पत्रिका दैनिकबाट