
राजविराज, भदौ ३१ । तीन वर्षअगाडि आफ्नै बुहारीलाई हत्या गरी फरार रहेका सविरण खातुनलाई सप्तरी प्रहरीले पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाइएको छ ।
बोदेबर्सान गाविस–६ की हौवा भनिने फतवा खातुनको हत्या गरी फरार उनकै सासू सविरणलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जाएको छ ।
गत वर्ष २०७१ चैत १९ गते जिल्ला अदालत राजविराजका तत्कालीन न्यायाधीश चन्द्रबहादुर सारुको इजलासले मृतकका सासू सविरण र उनका ६० वर्षीय पति गफुर मियाँलाई तीन/तीन वर्ष कैद र उनकै १५ वर्षीया छोरी ऐसा खातुनलाई ६ महिना कैदको सजाय तोकिएको थियो ।
२०७२ साल साउन ३० गते होवा भनिने फतवा खातुनको घाँटीमा सलले बाँधेर हत्या गरेको भन्दै मृत्कका बुबा पङ्सेरा गाविस–७ का फरमुद मियाँले इलाका प्रहरी कार्यालय कल्याणपुरमा उजुरी दिएका थिए ।
यसैबीच, पक्राउ परेका सविरण खातनुकोबारेमा अवाश्यक अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले बताए ।
यौन दुर्व्यवहार गर्ने चारजनालाई कैद
सप्तरीमा एक २१ वर्षीया महिलालाई यौन दुर्व्यवहार गर्ने चारजनालाई जिल्ला अदालतले शुक्रबार कैद तोक्दै जरिवानाको फैसला गरेको छ ।
यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका सप्तरीको भुतही गाविस–२ बस्ने ५४ वर्षीय खुशीलाल यादव, सोही ठाउँका ४२ वर्षीय डम्बर यादव र २८ वर्षीय पवन पण्डित तथा पातो गाविस ९ बस्ने ६९ वर्षीय विन्देश्वर शर्मालाई जिल्ला अदालतले कैद र जरिवाना गरेको छ ।
जिल्ला अदालत राजविराजका न्यायाधीश विनोदकुमार गौतमको एकल इजलाशले उनीहरु चारैजना आरोपीलाई जनही र रु पाँच/पाँच हजार र १० दिनको कैद र जरिवानाको फैसला गरेको अदालतले जनाएको छ ।
गत वैशाख १८ गते शौच गर्न घरबाहिर निस्केका एक महिलालाई घेरा हाली ती चारैजनाले संवेदनशील अंग समाती जबर्जस्ती करणीको प्रयास गरेका थिए ।
त्यसपछि पीडितले वैशाख २८ गते जिल्ला प्रहरी कार्यालय सप्तरीमा उजुरी दिएको आधारमा उनीहरुलाई प्रहरीले पक्राउ गरेका थिए । रासस
प्रतिक्रिया दिनुहोस्