१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


दशरथ रंगशालाको सफाइमा आफैं उत्रिए खेलकुदमन्त्री श्रीपाइली (हेर्नोस्, १० तस्वीर)


0
Shares

काठमाडौं, भदौ ३१ । युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीको नेतृत्वमा शुक्रबार बिहान त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको सरसफाइ भएको छ ।

नेकपा माओवादी केन्द्रका भातृसंगठन अखिल क्रान्तिकारीको आयोजनामा भएको उक्त सरसफाइ कार्यक्रममा साधारण प्याराफिटतर्फ पलाएका सबै झार नस्ट गरियो ।

देशको एकमात्र अन्तर्राष्ट्रियस्तरको रंगशालामा झाडी उम्रिएर कुरुप भएकाले आफू सरसफाइमा लागेको क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपानेले बताए ।

उनले भने–‘भूकम्पपछिको पुनःनिर्माणका लागि सांकेतिकरुपमा सन्देश दिन पनि हामीले सरसफाइ गरेका हौं ।’

कार्यक्रममा मन्त्री श्रीपाइली आफैं मेसिन चलाएर झार काटेका थिए भने उनले शौचालयसमेत सफा गरेको बताइएको छ । सरसफाइले रंगशालाको पूरै स्वरुप फेरिएको बताइएको छ ।

करिब दुई वर्षयता रंगशाला पुनःनिर्माणको क्रममा छ । गत वर्षको वैशाख १२ गते गएको भूकम्पबाट रंगशालामा क्षति पुगेपछि अहिलेसम्म पुनःनिर्माण हुन सकेको छैन ।

अखिल नेपाल खेलकुद महासंघले पनि सरसफाइ कार्यक्रममा सहभागिता जनाएको थियो । रासस